
काठमाडौँ । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रकै अमूल्य सम्पत्ति डा. गोविन्द केसीको ज्यान बचाउँन आग्रह गरेका छन् ।
शुक्रबार अहिंसा दिवसको अवसर पारेर त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीलाई भेटेका पूर्वराष्ट्रपति यादवले उनको ज्यान बचाउन आग्रह गरेका हुन् ।
केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वार्तामाफत समस्या समाधान गर्नुपर्ने उनको भनाई छ ।चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै विगत १९ दिनदेखि अनशनरत केसीलाई भेटेर यादवले सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण समेत दिए ।
‘डाक्टर केसील जनताका लागि प्राणकै आहुति दिन तयार हुनुभएको छ, सरकारले वार्तामार्फत नै यसको समस्या समाधानका गर्नुपर्छ । उहँको ज्यान बचाउनुपर्छ, पूर्वराष्ट्रपति यादवले भने ।
यो भिडियो पनि हेर्नुहोस









