
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुको बैठक चलिरहेको छ ।
शुक्रबार साढे ११ बजेदेखि जारी बैठकमा तिनै दलका शीर्ष नेताहरु सहभागि रहेको देउवा सचिवालयले जनाएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहति शीर्ष नेता र जसपाका उपेन्द्र यादवसहितका शिर्ष नेताहरु सहभागी छन् ।
जारी बैठकमा आगामी राजनीति र रणनीतिका बिषयमा छलफल भइरहेको बुझिएको छ । तिनै दल मिलेर गरेको नयां सरकार गठनको प्रयास विफल भएपछि त्यसको समीक्षा र अबको रणनीतिबारे बैठकमा छलफल भइरहेको बताइएको छ ।











