
काठमाडौं । युट्युवमा भाइरल सन्तोषी सुब्बाको हत्या आरोपीलाई प्रहरी सार्वजनिक गरेको छ । सिन्धुपाल्चाके घरभई काठमाडौंमा बसको सहचालक काम गर्दै आएका सुरेश तिमल्सिनालाई प्रहरीले हत्या आरोपमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी तिमल्सिनालाई सार्वजनिक गर्दै घटनाबारे जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्दै आएका २९ वर्षीय आरोपी तिमल्सिनाले सन्तोषीको हत्या गरेको स्विकार गरिसकेको प्रहरीले बताएको छ ।
हत्या पश्चात उनि काठमाडौंमा छुकिछिपी बस्दै गर्दा काठमाडौं-२७ कमलाक्षीबाट पक्राउ परेका थिए ।
असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले हत्या आरोपी तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपछि उनले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै लगेर बलात्कारको प्रयास गरेका थिए ।
जरबरजस्ती गर्नेक्रममा सन्तोषीले प्रतिकार गरेपछि आरोपी तिमल्सिनाले सन्तोषीको सलले घाँटी थिचि हत्या गरेको पत्रकार सम्मेलनमा समेत वयान दिएका छन् ।
हिजो पहिचान भएको सन्तोषीको शव पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा भेटिएको थियो । त्यसपछि प्रहरीले दोषी पत्ता लगाउन विभिन्न अनुसंन्धान गरेको थियो ।











