डा. केसीले पनि प्रधानन्यायाधीश जबराको राजीनामा मागे

काठमाडौँ । डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । न्यायिक विचलन, भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको भन्दै डा. केसीले प्रधानन्यायाधीशको राजीनामा मागेका हुन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै तत्काल राजीनामा गर्न माग गरेका छन् । ‘न्यायिक नैतिकताबाट च्युत भएको हुँदा न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामाको माग गर्दछौं,  जारी विज्ञप्तिमा भनिएको छ ।

उनले जबराको पदीय हैसियतको अवज्ञा गर्न अपील गर्दै तत्काल राजीनामा नदिएमा उनको पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिने समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार