
काठमाडौं। शिक्षान्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमै निकाल्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् ।
आज अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सह(कुलपति पौडेलले यो वा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन्।
अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराएका थिए ।
देशकै ठूलो विश्वविद्यालयमा अहिलेसम्म पनि पुरानै प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग मन्त्री पौडेलले आग्रह समेत गरे ।
सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा ननिकाल्दा बिधार्थी निरास छन् ।
परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा हाल १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको प्रशासनले स्वीकारे गरेको छ।









