थप १२ हजार बढीमा कोरोना पुष्टि, ८ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार १ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ । मृत्‍यु हुनेको कूल संख्या ११ हजार ६६७ पुगेको छ भने ८ लाख २७ हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार