
सिराहा । राहत वितरणका क्रममा झड्प हुँदा ९ जना घाइते भएका छन् । सिराहाको मिर्चेया नगरपालिका वडा नम्बर ७ मा सोमबार प्रहरी र स्थानीयबीच झड्प हुँदा ५ प्रहरी र ४ जना स्थानिय घाइते भएका छन् ।
राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न खोज्दा झड्प भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
झडपलाई तितरबितर पार्न प्रहरीले चार राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो । स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको भन्दै विरोध जनाएपछि विवाद सुरु भएको थियो । उक्त ठाउँमा तीन दिन यता विपन्नलाई राहत वितरण गरिँदै आएको छ ।











