
काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।
यता बानेश्वरमा भने कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सोही बेला देउवा र प्रचण्डबीच आज एमसीसी टेबल नगर्ने सहमति भएको बताइएको छ ।









