
काठमाडौं। संसदबाट पास भएपछि एमसीसीले इन्ज्निियरदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी माग गरेको छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले आज एक भ्याकेन्सी सार्वजनिक गर्दै विभिन्न पदमा कर्मचारीहरू माग गरेको हो ।
भ्याकेन्सीमा असिस्टेन्ट इन्जिनियर (सबस्टेसन), अनुगमन मूल्यांकन तथा आर्थिक विलेषण गर्ने व्यवस्थापक, लिड इन्जिनियर (प्रसारणलाइन), ऊर्जा क्षेत्र पुनर्संरचनाका विषेशज्ञ, अनुगमन मूल्यांकनका विशेषज्ञ, डीईडी म्यानेजमेन्ट गर्ने असिस्टेन्ट, आउटरिच कम्युनिकेसन असिस्टेन्ट, कार्यलय सहयोगी र ड्राइभर पदमा आवेदन माग गरेको छ ।
आवेदन दिन इच्छुकले १५ मार्चसम्म आवेदन दिन सक्ने एमसीए-नेपालले जनाएको छ ।
एमसीसी परियोजनाले नेपालमा करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारणलाइन तथा तीन वटा ४०० केभी क्षमताका सब-स्टेशन निर्माण गर्ने र ७७ किलोमिटर सडकलाई नयाँ प्रविधिबाट मर्मत र विस्तार गर्ने गरी यो आयोजना कार्यान्वयनमा ल्याउँदैछ ।
हेर्नुहोस भ्याकेन्सी













