
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेवार्ता गरेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसंग भेटवार्ता गरेका हुन्। पार्टीको केन्दिय समिति र संसदीय दलको बैठक बस्नुअघि उनले प्रचण्डसंग भेटवार्ता गर्नुलाई महत्वका साथ हेरिएकोछ ।
नागरिकता विवादका कारण सांसद हुँदै मन्त्रि पद गुमाएका रविले नागरिकता पुन प्राप्त गरेपछि गृहमन्त्रीमा दावी गर्दै आएका छन् । तर प्रधानमन्त्री प्रचण्डले रविको नागरिकता विवादबारे सर्वोच्चको पुर्णफैसला नआएको र पासर्पोटको मुद्धामा पनि अनुसंन्धान चलिरहेकाले अहिले नै गृहमन्त्रालय दिन नसकिने बताएपछि उनले सरकार छाड्ने चेतावनी दिदैं आएका छन् ।
प्रधानमन्त्री प्रचण्डले गृहको सट्टामा भौतिक पुर्वाधार मन्त्रालय दिन सकिने बताएपछि त्यसबारे निर्णय गर्न आज रास्वपाको बैठक बस्दैछ ।
भिडियो पनि हेरौं











