
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन दलका नेताहरुको चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा स्थानीय तह चुनावसम्बन्धी अभियानका लागि केन्द्रीय प्रतिनिधिसँगको छलफलमा बोल्दै नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले यस्तो निर्देशन दिएका हुन् ।
उनले गठबन्धनका नेतासंगै प्रतिपक्षी नेकपा एमालेका नेताहरुसंग पनि नराम्रो ब्यवहार नर्गन आग्रह गरेका छन्।
चुनावी अभियानका क्रममा गाउँ जाँदा सत्तारूढ गठबन्धन र प्रतिपक्षी दललाई चित्त दुख्ने गरी अभिब्यक्ती नदिन देउवाले केन्द्रीय प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।
देउवाले चुनावसम्मै गठबन्धन रहने भएकाले गठबन्धन नटुट्ने गरी काम गर्न पनि नेताहरुलाई निर्देशन दिउका छन् ।
सरकारले ०७९ वैशाख ३० मा स्थानिय चुनाव गर्ने घोषणा गरिसकेको छ ।















