गम्भिर कसुरमा नेता नेत्रविक्रम चन्दविरुद्ध पक्राउ पुर्जी जारी

ललितपुर । ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र संगठित अपराधको कसुरमा नेकपा महासचिव चन्दसहितका केही नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले महासचिव चन्दलाई साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ (१३) बमोजिम ३५ दिने पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।

३५ दिनभित्र अदालत उपस्थित नभए मुलुकी फौजदारी कार्यविधि संहिता‚ २०७४ को दफा ३५ बमोजिम कारबाही हुने अदालतले जारी गरेको पुर्जीमा उल्लेख गरिएको छ ।

विप्लवसंगै पक्राउ पुर्जी जारी हुनेमा उनका पार्टीका नेताहरु खड्कबहादुर विश्वकर्मा, उनकी श्रीमती नन्दा विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, नवीन विश्वकर्मा, उमा भुजेल, शंखर दमाई, दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, बाबुलाल पुनमगर, सुदीप कुँवरलगायत रहेका छन् । विप्लव लगायतका नेताहरुको पक्राउ पुर्जी जारी भएपछि उनको पार्टीमा खैलाबैला मच्चिएको छ ।

पक्राउ पुर्जी पढौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार