
काठमाडौं । बालेन साहलाई काठमाडौं महानगरपालिकाको मेयर बनेदेखि नै फोहोर ब्यवस्थापन चुनौतीको पहाड नै बनेको छ । आफ्नो पहिलो प्राथमिकतामा काठमाडौंको फोहोर ब्यवस्थापन रहेको बताउँदै आएका मेयर बालेन त्यसमा चुक्दै आएका छन् । बन्चरेडाँडाका स्थानियहरुसंग समस्या सामाधानका लागि भएका प्रयासहरु असफल बन्दै गएको काठमाडौं फोहोर ब्यवस्थापन थप चुनौतीपुर्ण बन्दै गइरहेको छ । जसमा मेयर बालेन स्वयम थालेका जस्ता देखिन्छन् ।
बन्चरेडाँडामा फोहोर फाल्न अवरोध भएको बिषयमा आज साँझ सामाजिकसंजालमार्फत आपत्ति जनाउँदै मेयर बालेनले असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? भन्दै प्रश्न गरेका छन् ।
ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै मेयर बालेनले फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी समेत गरेका छन्।
उनले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन् । फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं भन्दै उनले आग्रह समेत गरेका छन् ।
‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ रु हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं रु फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन’, बालेनले फेसबुक स्टाटसमा लेखेका छन् ।
आइतबारदेखि दैनिक २५० देखि ३५० वटा गाडीले काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजाने जानकारी गराएपछि आइतबार नै दुई स्थानमा अवरोध भएको र त्यसलाई समाधान गरेपछि धुनिवेशीका सत्तारुढ तीन दलले विज्ञप्ति जारी गरेर अवरोध गर्न खोजेको भन्दै बालेनले यसलाई विडम्बनापूर्ण बनेका छन् ।
बालेनले फेसबुकमार्फत दिएको प्रतिकृयाः
सत्तारुढ दलद्धारा जारी विज्ञप्ती










