विना निश्कर्ष सकियो संवैधानिक परिषदको बैठक, अर्को बैठक १८ गते बस्ने


काठमाडौं । संवैधानिक परिषदको बैठक विना निश्कर्ष टुंगिएको छ । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको विना निश्कर्ष टुंगिएको हो । परिषदको अर्को बैठक अब बिहीबार बस्नेछ ।

आजको बैठकमा प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नेबारे छलफल भए पनि निर्णय हुन सकेन । मंगलबारकै बैठकले अर्को बैठक आगामी बिहीबार ५ बजे बस्ने तय गरेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले २० साउनमा अनिवार्य अवकाश पाउँदैछन् । प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि नै संवैधानिक परिषदले अर्को नाम सिफारिस गर्नुपर्ने संविधानमा व्यवस्था छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश रहने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार