
काठमाडौं । चर्चित गायक प्रमोद खरेल चढेको कार गम्भीर दुर्घटनामा परेको छ । मध्यराती दाङमा आफु चढेको कार गम्भिर दुर्घटनामा परेको गायक प्रमोद ले जानकारी दिएका छन् ।
‘काठमाण्डौंमा रेकर्डींग सकेर हिजो सॉझ नेपालंगजको फ्लाईट लिएर तुलसीपुर दाङमा हुने कार्यक्रमको लागि राती १ बजे होटल पुग्न १० मिनट अघि मात्र आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो’, प्रमोदले सामाजिकसंजाल मार्फत जानकारी दिएका छन् ।
उनकाअनुसार कार रोडको पर्खालमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परि बेहास भएका उनको ४५ मिनेटपछि अस्पतालमा होस आएको उनले बताएका छन् ।
‘अर्ध निन्द्रा मै मेरो होश त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडमा बसउदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएछ,’ गायक प्रमोदले स्टाटसमा लखेका छन्।
गएराती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर आफु काठमाडौं फर्कि सकेको उनले जानकारी दिएका छन् । काठमाडौंमा आफ्नो सिटी स्क्यान लगायत सम्पुर्ण जाँचहरु गर्दा स्वास्थ्य सामान्य अवस्थामा रहेको उनले बताएमा छन् । चिकित्सककाअनुसार आफु केहि दिन बेड रेस्टमा रहेने उनले बताएका छन् ।
















