बर्षा अपडेटः देशभर ४० को मृत्यु, ११ जना बेपत्ता, मौसममा सुधार


काठमाडौँ । शुक्रबारदेखि जारी बर्षाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ भने ११ जना बेपत्ता भएका छन् । प्रहरीकाअनुसार बर्षा पछि आएको बाढी पहिरो, चट्याङका कारण कोशी प्रदेशमा मात्रै ३६ र मधेशमा ३ जनाले ज्यान गुमाएका छन् ।

बाढी पहिरोमा परी देशभर ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । १३ जना घाइते भएका छन् ।
अविरल बर्षाका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध छन् । अवरुद्ध राजमार्गहरु खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।

बर्षा हुने पुर्वजानकारी अनुसार सरकारले गरेको पुर्वतयारीका कारण ठुलो धनजनको क्षती हुनबाट जोगिएको छ । तीन दिनसम्म देशभर भारी बर्षा हुने पुर्वजानकारी अनुसार सरकारले सबै सुरक्षा निकायलाई हाइअर्लट गर्दै उद्धार र राहातको बन्दोबस्त गरेका कारण ठुलो क्षती हुनबाट जोगिएको हो ।

भिषण बर्षा हुने पुर्वजानकारी अनुसार सरकारले खोला, नदी छेउछाउका बस्तीहरुका बासिन्दाहरुलाई सुरक्षितस्थानमा सार्नुदेखि काठमाडौं उपत्यका लगायत देशका लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा रोक लगाएको थियो ।
आइतबार दिउँसो देखि काठमाडौं उपत्यका लगायत अन्य भागमा मौसम सुधार भई घाम लाग्न थालेपछि जनजिवन सामान्य बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार