मन्त्री रावलको सकृयतामा बर्षौदेखि हुन नसकेको काम सय दिनमै, लालपुर्जा वितरण सुरु

बर्दिया । बर्षौदेखि हुन नसकेको काम बालेन सरकारले सय दिनमा गरेर देखाएको छ । बिगत लामो समयदेखि भूमिहीन, दलित, सुकुमबासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने काम नभइरहेको अवस्थामा बालेन नेतृत्वको सरकारले सय दिनमा गरेर देखाएको छ ।
जसअनुसार बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा ९लालपुर्जा० वितरण सुरु भएको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

जग्गाविहिन नागरिकहरुलाई जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइने सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताइन् ।

मन्त्री रावलले बर्दियाबाट सुरु भएको लालपुर्जा वितरणलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको लालपुर्जा दिइने बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार