
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १४ सय रुपैयाँ बढेको हो ।
आजका लागि सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७५ रुपैयाँ कायम भएको छ ।










