
भोजपुर । घुस लिंदैं गर्दा भोजपुरमा एक सरकारी कर्मचारी पक्राउ परेका छन् । भोजपुरको सिचांई विकास डिभिजन कार्यालयका प्रमुख मोहनबाबु यादव १ लाख ८० हजार रुपैयाँ घुस लिदैं गर्दा पक्राउ परेका हुन ।
प्रदेश १ अन्तर्गतको जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियरका रुपमा कार्यरत यादवलाई उपभोक्ता समितिबाट घुस लिंदै गर्दा सोमबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको थियो ।
षडानन्द नगरपालिका १३ स्थित छाँगे खोला सिञ्चाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले सो रकम लिएको अख्तियारले जनाएको छ ।
करिब ९८ लाख रुपैयाँ लागत अनुमान रहेको सो सिञ्चाई आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको थियो । उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिशन दिए मात्र मूल्यांकन गरि बील पास गरिदिने भन्दै घुस लिएका थिए । पक्राउ परेका यादव उपर आवश्यक कारवाही प्रकृया सुरु गरिएको अख्तियारले जनाएको छ ।










