हिरासतमै रविको अन्तरवार्ता लिनेलाई कारवाही गरिने एसपी मल्लको चेतावनी

चितवन । प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको अन्तरवार्ता सार्वजनिक गर्ने काम राम्रो नभएको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताएका छन् । यस्तो काम अनुसन्धानलाई प्रभावित पार्ने भएकाले अन्तरवार्ता सार्वजनिक गर्नेलाई कारवाहि गरिने मल्लले चेतावनी दिएका छन् ।

उनले भने, अनुसन्धानमा रहेका व्यक्तिको अडियो, भिडियो र अन्तरवार्ता सार्वजनिक गर्न पाइदैन् । तर, हिरासतमा रहेका व्यक्तिको अडियो रेकर्ड गरी भिडियो बनाएर युट्युव च्यानलमार्फत सार्वजनिक भयो ।  हिरासतमा रहेका व्यक्तिको अन्तरवाता लिनेकाम गैर कानुनी भएकाले अनुसन्धान गरी सो व्यक्तिलाई कानुन अनुसार कारवाहि गर्ने उनको भनाई छ ।

चितवन प्रहरीले अन्तरवार्ता सार्वजनिक गर्नेको अनुसन्धान गरी रहेको छ । एकजना सञ्चारकर्मी रविलाई भेट्ने निहुँमा अन्तरवार्ता लिएर युट्युव च्यानलमार्फत सार्वजनिक गरेका थिए । जुन काम गैर कानुनी मानिन्छ ।

पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की अहिले प्रहरी हिरासतमा छन्। उनीहरूमाथि दोस्रो पटक अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

याे पनि हेर्नुहाेस्,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार