तीजको अवसरमा राष्ट्रपति भण्डारीद्धारा पशुपतिमा पूजा अर्चना

काठमाडौं । हरि तालिका तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा  पूजा अर्चना गरेकी छन् । सोमबार बेलुकी सवा ५ बजे पशुपतिमा पुगेर पुजा गरेकी हुन् ।

उनले मन्दिरमा करिब २० मिनेट पूजा अर्चना गरेकी छन् । पूजाका लागि पशुपति पुगेका महिलाहरुलाई भण्डारीले तीजको शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि पशुपतिनाथ मन्दिर पुगेका थिए । उनले पनि पशुपतिमा पूजा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार