चिनियाँ ह्याकरले एटिएम प्रयोग गरी चोरेको सबै रकम प्रहरीद्धारा बरामद

काठमाडौं । काठमाडौं चिनियाँ ह्याकरले एटिएमबाट चोरी गरेको सबै रकम प्रहरीले बरामद गरेको छ । नेपाल राष्ट्र बैंकले चोरी भएको बताएअनुसारको सबै रकम प्रहरीले बरामद गरेको छ ।

सोमबार ठमेलबाट तीन जना मनी एक्सेजर पक्राउ परेसँगै केही रकम पनि बरामद भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले बताएका छन् । उनका अनुसार राष्ट्र बैंकले चोरी भएको भनिएको १ करोड ६८ लाख रुपैयाँ बरामद भएको छ ।

प्रहरीले शनिबार मध्यराति चलाएको अपरेशनबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि बरामद गरेको थियो ।

जय नेपालको होटल माया मनोहर बुटिकबाट पक्राउ परेका चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङले सुटकेश र झोलामा बोकेको अवस्थामा ती रकम बरामद भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार