मोटरसाइकल दाइजो नदिएको निहुँमा महिलाको हत्या


रौतहट । मोटरसाइकल दाइजो नदिएको निहुँमा एक महिलाको हत्या गरिएको छ । रौतहटको राजपुर नगरपालिका- ७ अकोलवाकी २५ वर्षीया सन्जु देवीलाई दाइजो नल्याएको भन्दै हत्या गरिएके हो ।

मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्ने गरेको खुल्नमा आएको छ ।

केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासले बताएका छन् ।

बिहीबार दिउँसो छोरीको मृत्यु भएको खबर पाएपछि त्यहाँ गएका अविलासले छोरीको घाँटीमा डाम देखिएकाले परिवारले नै हत्या गरेको दाबी गरेका छन् ।

प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार