काठमाडौँ । भ्रष्टाचार विरुद्धको अभियन्ताका नामले चिनेनी ज्ञानेन्द्र शाही नेपाल लागि नेपाली अभियानबाट हटाइएका छन् । नेपालका लागि नेपाली अभियानको बुधबार बसेको बैठकले उनलाई हटाएको निर्णय गरेको छ ।
विगत केही समय देखि भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण (संघीयताको खारेजी र धर्म निरपेक्षताको खारेजीलगायत ) राजनैतिक सुद्धीकरणको आफूहरुको एजेण्डाविरुद्ध शाही लागेकाले जिम्मेवारी मुक्त गरिएको जनाइएको छ ।
सो अभियानमा संलग्न बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारीलगायतले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् ।
तर, भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा चिनिँदै आएका शाहीले सो सिद्धान्तविपरितको गतिविधि गरेकाले अभियानको सबै जिम्मेवारीबाट हटाइएको बताइएको छ ।
अभियानले मंसिर ११ गतेबाट अब उनी कुनैपनि जिम्मेवारीमा नरहने गरी हटाइएको निर्णयमा उल्लेख गरिएको छ ।
निर्णय













