ए डिभिजन लिगका लागि मछिन्द्रको टिम सार्वजनिक


काठमाडौं । भोलीदेखि सुरु हुने शहीद स्मारक ए डिभिजन लिग २०७६ का लागि मछिन्द्र क्लबले आफ्नो टिम सार्वजनिक गरेको छ ।

शुक्रबार बिहान राजधानीमा एक कार्यक्रमको आयोजना गरी मछ्रिन्द्रले राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन र यू-२३ टिमका कप्तान सुजल श्रेष्ठसहित राष्ट्रिय टिमका ९ खेलाडी समावेश गरी मछिन्द्रले टिम घोषणा गरेको हो ।

टिममा अभिषेक रिजाल, विजय धिमाल, बिराज मर्हजन, विशाल राई, विशाल श्रेष्ठ, वुद्ध चेमजोङ, देवेन्द्र तामाङ, दीपक राई, हेमन गुरूङ, रेजिन सुब्बा, रंजित धिमाल, सुजल श्रेष्ठ, सूर्य अधिकारी, योगेश गुरूङ, पिटर सेगुन, अडेलाजा सोमिदे, र एन्र्दस रिया गरी १७ जना रहेका छन् ।

ए डिभिजन लिग २०७६ को उद्घाटन खेलमा मछिन्द्रले भोलि ९शनिबार० ब्रिगेड ब्वाईज क्लबसँग खेल्नेछ। यस्तै क्लबले लिगका लागि जर्सीसमेत सार्वजनिक गरेको छ।

क्लबका अध्यक्ष प्रवोध वीर सिंह कंसाकर, कप्तान विराज महर्जन र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले जर्सी सार्वजनिक गरेका हुन् ।

यस्त‌ै क्लबका मुख्य प्रायोजकमा सान मिगेल रहेको छ । अब क्लबले सान मिगेल मछिन्द्र क्लबको नामबाट लिग खेल्ने क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार