काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । गएराति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको परिवारले जनाएको छ ।
परिवारका अनुसार स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पताल पुर्याए लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरिएको थियो । भट्टराईलाई एक्कासी कस्तो खालको स्वास्थ्य समस्या देखिएको थियो भन्नेबारे केहि खुल्न सकेको छैन ।
५४ वर्षिय भट्टराईका एक पत्नी र छोरा रहेका छन्। कलाकार र फिल्म निर्माता समेत रहेका भट्टराई करिब ३ दशकदेखि यस क्षेत्रमा सकृत थिए ।
उनले निर्माण र अभिनय गरेका थुर्पै फिल्म लोकपृय समेत बने । उनले “यात्रा, आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्दा,सो सिम्पल, ब्रासलेट” लगायतका फिल्महरु निर्माण गरेका थिए। यि फिल्महरुमा भट्टराईले अभिनय समेत गरेका छन् । अभिनय कलामा समेत उनि अब्बल मानिन्छन् ।
उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए ।