
काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले जनयुद्ध दिवशका अवसरमा स्व. गिरिजाप्रसाद कोइरालाबारे दिएको अभिब्यक्तीको काँग्रेसले बिरोध गरिरहेका बेला जनयुद्धका अर्का कमाण्डर डा. बाबुराम भट्टराईले यसबारे मुख खोलेका छन् ।
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. भट्टराईले शुक्रबार काठमाडौंमा पत्रकारहरुसंग कुराकानी गर्दै जुनयुद्ध दिवसका अवसरमा नेकपा प्रचण्डले स्व. कोइरालाको बिषयमा दिएको अभिव्यक्तिमा सत्यता रहेको बताएका हुन ।
जनयुद्धबाट शान्ती प्रकृयामा आउनै लाग्दा स्व. कोइरालाले माओवादीलाई आफ्नो फौजी आक्रमण अझै बढाउनुस भनेको र आफु त्यसको साक्षी भएको नेता भट्टराईले प्रष्ट पारे ।
“१२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ भट्टराईले भने, एकतर्फी युद्ध बिराम गरेर पनि सहमती हुने नदेखिएपछि उहाँले (गिरिजा) अझै फौजी आक्रमण गर्नुस भनेकै हो । आफुहरुले शान्तिपूर्ण र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएकै थियो, यो कुरा सहि नै हो ।”
हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले ठोक्नुपर्यो भनेको डा. भट्टराईले प्रष्ट पारे ।
तत्कालीन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका लागि कोइरालाले माओवादीलाई त्यस्तो आग्रह गरेको भट्टराईको भनाई थियो ।
उनले १२ बुँदे समझदारी नै कांग्रेसलगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालीन माओवादीले फौजी ढंगले अघि बढ्ने सहमति भएको पनि बताए ।










