पूर्वसभामुख महराविरुद्धको मुद्दाबारे आज अन्तिम फैसला हुँदै

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे आज काठमाडौं जिल्ला अदालतले अन्तिम आज फैसला गर्दैछ ।

समय अभावले हिजो (आइतबार) फैसला हुन नसकेपछि आज अन्तिम फैसला सुनाउन लागिएको हो । आइतबार वहशपछि महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए ।
समय अभावले महराबिरुद्धको मुद्दा आइतबार हेर्दाहेर्दैमा राखिएको र सोमबार अन्तिम फैसला आउने काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

बलात्कार प्रयास गरेको आरोपमा महरा १९ असोजमा पक्राउ परी जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षका लागि १८ कात्तिकमा डिल्लीबजार कारागार गएका थिए । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासको आदेशपछि उनलाई कारागार लगिएको थियो ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए ।उच्च अदालत पाटनले ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालत आदेश नै सदर गर्दै एक महिनाभित्र मुद्दा किनारा लगाउन भनेको थियो ।

सोहि अनुसार आज महराबिरुद्धको मुद्दामा अन्तिम फैसला आउन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार