एकै दिन तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

वीरगञ्ज । नेपालमा थप तीन  जनामा कोरोना पुष्टि भएको छ । बुधबार एकैदिन तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये दुई जना बारा र  एक जना पर्साका पुरुष हुन् । उनीहरु दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका व्यक्ति रहेको बताइएको छ ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार