नेकपाका नेताहरु एकपछि अर्को काण्डमा फसेपछि अध्यक्ष प्रचण्डले भने, ‘राम्रो संकेत देखिएनन्,


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुमा राम्रो संकेत नदेखिएको बताएका छन् ।

कम्युनिस्टहरु जनताकै जिवनशैलीमा बाँच्नुपर्ने आर्दश र उदेश्य भुलेर शासकहरुको शैलीमा जिउन खोजेको उनले भनाई छ ।

बिहीबार भक्तपुरमा आयोजित “नारायणगोपाल जोशी स्मृति प्रतिष्ठान”को भवन शिलान्यास कार्यक्रममा प्रचण्डले भने,
“नभएको सत्ता प्राप्त गर्न सक्ने क्षमता कम्युनिष्टमा छ तर, सत्तामा पुगेपछि आदर्शबाट विचलित भएका इतिहास विश्वमा धेरै छन, नेपालमा पनि राम्रो संकेत देखिन थालेका छैनन् ।”

सत्तामा पुगेपछि विभिन्न पद प्रतिष्ठा, लोभ लालचमा फस्नु कम्युनिष्टहरुका लागि राम्रो नभएको अध्यक्ष प्रचण्डले बताए ।

“जनतासंगै खाने, बस्ने उनिहरुकै दुख पीडामा रहने कम्युनष्टहरु सत्तामा पुग्दा कसरी पतन भए भन्ने कुरा विश्वमा थुर्पै इतिहास छन प्रचण्डले भने, सोभियत संघ , लगायत समाजवादी देशहरुमा सत्तामा पुगेका कम्युनिष्टहरु पतन भए, नेपालमा पनि त्यस्तो अहिले नै भइसक्यो भनेको होइन । मेरो भनाइलाई बढी नबुझियोस् । तर संकेत र लक्षणहरु त राम्रा देखिएनन् ।”

हालै सत्तारुढ नेकपाका दुईजना प्रभावशाली नेताहरुबारे बाहिर आएका घटनाक्रमतर्फ अध्यक्ष प्रचण्डले संकेत गर्दै फरक फरक बाटोमा हिडेका दुई राजनीतिक शक्ति एक भई शासन सत्तामा पुगेका बेला जनताका लागि काम गरेर इतिहास रच्ने मौकाको सदुपयोग गर्न सबैमा आग्रह गरे ।

ज्यानको वाजी थापेर सशसत्र बिद्रोह, विभिन्न आन्दोलन, संघर्ष गरेर जन्मेका कम्युनिस्टहरुमा लोभ, लालच, भ्रष्टाचारजन्य क्रियाकलाप देखिनु दुखत भएको उनले बताए ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार