अर्थमन्त्री खतिवडाले दिए राजीनामा


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रियसभा सदस्यमा उनिसहित १९ जना सांसदको दुई वर्षे कार्यकाल आज मध्यराती सकिन लागेकाले उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

उनले राजीनामा दिएपनि सत्तारुढ नेकपाले उनलाई पुन: अर्थमन्त्री नियुक्त गर्ने तयारी गरेको छ । स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन्।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने ब्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार