विपिन जोशीको जीवन रक्षाका लागि इजरायली राजदूतसंग सभामुखको अपिल

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्यालेस्टाइनी विद्रोही समुह हमासको बन्धक रहेका कंचनपुरका विपिन जोशीको रिहाइका लागि अपिल गरेका छन् । आज सिंहदरवारमा नेपालका लागि इजरायली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सभामुख घिमिरेले भेट गर्दै विपिनको जीवन रक्षा र सकुशल रिहाइको अपिल गरेका हुन् ।

सभामुख घिमिरेले प्रतिनिधि सभामा विपिनको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरू इजरायलमा शीघ्र शान्तिको पक्षमा रहेको पनि बताए ।

हमासले युद्धमा सामेल नभएका इजरायली र विदेशी गरी दर्जनौँ विदेशीनागरिकलाई रिहा गर्दा पनि नेपाली युवा विपिनलाई बन्धक बनाउनुलाई रहस्यका साथ हेरिन थालेको छ ।

राजदूत गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धक मुक्त नहुनु दुःखद रहेको बताए ।

सभामुखसंगको भेटवार्तामा राजदूत गोल्डवेरगरले विपिन व्यक्तिगत रुपमा पनि परिचित रहेको उल्लेख गर्दै उनको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी समेत दिए । राजदूत गोल्डवेरगरले विपिनको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसदबाट पनि सङ्कल्प प्रस्ताव पारित गरे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने बताए ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि १० जना नेपालीको पनि मृत्यु भएको थियो । सोहि आक्रमणबाट हमासले विपिनलाई आफ्नो नियन्त्रणमा राखेको छ ।

हमासको नियन्त्रमा रहेका विपिन थाइल्यान्डका नागरिकसँगै गाजामा सुरक्षित रहेका समाचारहरु आउका थिए । त्यसपछि उनको अवस्थाबारे थप जानकारी आएको छैन् ।

उनको रिहाइका लागि इजरायलस्थित नेपाली राजदूतावास र सरकारले कुटनीतिक पहल जारि रहेको बताइउदै आएको छ ।
विपिनको रिहाइका लागि उनको परिवारले पटक पटक प्रधानमन्त्री प्रचण्ड, उरराष्ट्रमन्त्रि एनपी साउद लगायतका नेताहरुलाई भेटेर आग्रह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार