लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्ल रहेका छन् ।
उनको शनिबार उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको हो । उनलाई चार दिनअघि रुघाखोकी र पखाला लागेपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।
सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बेलायत आएका उनको कोरोनाका कारण मृत्यु भएको पारिवारले बताएका छन् ।
यसअघि पनि बेलायमा नेपालीको मृत्यु भइसकेको छ ।














