मस्जिदमा नमाज पढीरहेका १४ जना कपिलवस्तुबाट पक्राउ

काठमाडौं । सरकारले कोरोना फैलिन नदिनका लागि चैत ११ गतेबाट लकडाउन घोषणा गरेको छ । यो बेला आवातजावत बन्द गर्नुका साथै एकै ठाउँमा धेरै जना भेला हुन नपाउने निर्णय पनि गरेको छ ।

तर कपिलवस्तुमा भने मस्जिदमा भेला भएर १४ जना नमाज पढीरहेको पाइएको छ । लकडाउनको उल्लंघन गर्दै नमाज पढीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका ७ मा रहेको मस्जिदमा सामूहिक नमाज पढीरहेका उनीहरुलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।  पक्राउ पर्ने सबै मायादेवी गाउँपालिका ७ का स्थानीय हुन् ।उनीहरुलाई अहिले तौलिहवा वडा प्रहरी कार्यालयमा राखिएको छ ।

यो समयमा मस्जिदमा गएर प्रार्थना नगर्न पटक पटक गरिएको आग्रह पालना नगरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेर उनीहरुलाई कारवाही गरिने प्रहरीले जनाएको छ । उनीहरुले पटक पटक जिल्ला प्रशासन कार्यलय गरेको आग्रहलाई पनि उल्लंघन गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार