
गुल्मी । आगलागीमा परी गुल्मीमा एक वडाअध्यक्षका छोराको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा भएको आगलागीमा परी बाग्लुङको बरेङ्ग गाउँपालिका ३ का वडध्य्क्ष पूर्णबहादुर खनालका १६ बर्षीय छोरा समीरको मृत्यु भएको हो ।
चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीका अनुसार बसपार्कमा रहेको वडाअध्यक्ष खनालको घरमा आगलागी हुँदा उनका छोराको मृत्यु भएको हो । आगलागीमा परी खनाल दम्पती घाइते भएका छन् । उनीहरुको अहिले पाल्पा अस्पतालमा उपचार भइरहेको अध्यक्ष खत्रीले बताए ।
आगलागी सुरु हुनासाथ खनाल दम्पती बाहिर निस्कन सफल भएपनि छोरा भित्रै फसेका थिए । आगलागीबाट सवा दुई करोड बराबरको सम्पती नष्ट भएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिए । उनका अनुसार विद्युत सर्ट भएर भएको आगलागीबाट खनालको अढाई तला घर र त्यसमा रहेको पसल जलेर पुरै नष्ट भएको छ ।








