काठमाडौं । गएराति देखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पानी परिरहेको छ । अहिले विहान केहि भागमा पानी रोकिए पनि केहि भागमा भने परिनै रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ।
महाशाखाले हाल देशको अधिकांश स्थानमा मौसम सामान्य बदली भइरहेको र केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको जनाएको छ ।
यसैगरी, महाशाखाले दिउँसो केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।










