कोरोना जितेकी बागलुङकी युवतीले दिइन् यस्तो सुझाब

बागलुङ । बागलुङकी १९ वर्षीया कोरोना संक्रमित युवती  कोरोना जितेर घर फर्किएकी छन् । लगातार पाँचौ र छैंटो रिर्पोट नेगेटिभ आएपछि शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेपछि उनी घर फर्किएकी हुन् ।

बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाले २८ दिनमा कोरोना जितेकी छन् । अस्पतालबाट घर फर्किने क्रममा आफुले आत्मबल बलियो बनाएकाले नै कोरोना जितेको बताएकी छन् ।

धैर्यता र आत्मबल नै सबै भन्दा ठूलो भएको भन्दै उनले अरु संक्रमितलाई पनि धैर्य भएर बस्न आग्रह गरेकी छन् ।  ‘मैले कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगे, म अरुलाई पनि नआत्तिएर धैर्य गर्न आग्रह गर्छ, अंशुले भनिन् ।’

अंशुले अस्पतालमा रहँदा चिकित्सक र नर्सहरुले गरेको व्यवहारका कारण  निको भएर घर फर्किएको बताएकी छन् । उनले अस्पतालमा रहँदा आफन्त र साथीहरुले हौसला दिएकोमा धन्यवाद दिएकी छन् । साथै उनले घर फर्किएपछि गाउँलेबाट पनि राम्रो व्यवहारको अपेक्षा गरेकाे बताइन् ।

योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ११ पुगेको छ भने संक्रमितको संख्या भने ४९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार