

नवलपरासी । होङ्सी सिमेन्ट कारखानामा एक मजदुरको मृत्यु भएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीस्थित होङ्सी सिमेन्ट कारखानामा काम गर्ने विनयी त्रिवेणी गाउँपालिका-४ का अन्दाजी २५ वर्षीय मदनदास श्रेष्ठको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीकाअनुसार काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तलाबाट खसेर श्रेष्ठको मृत्यु भएको हो ।गम्भीर घाइते भएका उनलाई उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।








