
काठमाडौं । नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिनेमा नेपालगञ्जका ७ वर्षीया व्यक्ति रहेका छन् ।
भेरी अञ्चल अस्पतालमा नमुना परीक्षण गर्दा उनको कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा यसअघि १४ वर्षका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको थियो । जनकपुरका ती १४ वर्षीया बालक नै सबै भन्दा कम उमेरका कोरोना संक्रमित थिए ।
आइतबार नेपालगञ्जमा ७ वर्षका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । यो नेपालको पहिलो घटना हो । अध्यनले ९ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई कोरोनाको जोखिम हुँदैन भनेर देखाएको थियो । तर, नेपालमा भने ७ वर्षका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।








