काेराेना संक्रमित बढेपछि नेपालगञ्जमा आजदेखि कर्फ्यू

नेपालगञ्ज । नेपालगञ्जमा एकै टोलका एकैदिन १५ जना कोरोना संक्रमित भेटिएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाउने निर्णय गरेको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले  आजदेखि २५ गतेसम्म कर्फ्यू लगाउने निर्णय गरेहेको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार विहान ११ बजेदेखि वैशाख २५ गतेसम्म पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको छ ।

नेपालगञ्जमा  कर्फ्यूको समयमा औषधी पसलवाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने स्थानीय प्रशासनले जनाएको छ । मंगलबार थप ७ जनामा काेराेना संक्रमण देखिएपछि नेपालञ्जमा संक्रमितकाे संख्या २३  पुगेको छ ।

हिजाे प्रदेश ५ का सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यू लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएका थिए ।

नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । त्यसको दुई दिनपछि उनीसंग सम्पर्कमा रहेका १५ जनामा पनि कोरोना संक्रमणको पुष्टी भएको हो । त्यसपछि मंगलबार विहान ७ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार