कपिलवस्तुमा नर्सलाई पनि कोरोना संक्रमण

कपिलवस्तु । कपिलवस्तुमा कोरोना उपचारमा संलग्न एक नर्सलाई संक्रमण देखिएको छ । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया नर्सलाई संक्रमण देखिएको हो ।

उक्त अस्पतालमा कार्यरत उनीसहित ९ जनाको स्वाब संकलन गरिएको मा उनको रिपोर्ट पोजिटिभ आएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको कपिलवस्तुमा समुदायस्तरमा कोरोना फैलिसकेको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको बताइएको छ ।

कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो ।

संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार