
रुपन्देही । रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भेटिएको छ । जिल्लाको गैडहवा गाउँपालिकाका वडा नं-२ को जोगडास्थित एकै परिवारका ३ महिला र ६ पुरुषगरी ९ जनामा संक्रमण भेटिएको हो । उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएको बताएको छ ।
बुधबार साँझ स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देहीमा १२ जना संक्रमित भेटिएका थिए । उनीहरुमध्ये ९ पुरुष र ३ महिला रहेका छन् । पुरुषहरु २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षिय छन भने महिलाहरु ४, १० र २८ वर्षिय रहेको समेत मन्त्रालयले जनाएको छ ।
भारतबाट आएका उनीहरुलाई गाउँको जोगडा माविको क्वारेन्टाइनमा ल्याएर राखिएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए।उनीहरुको वुटवल कोरोना अस्पतालमा उपचार भइरहेको छ । रुपन्देहीमा अहिलेसम्म २८ जनामा संक्रमण भेटिएको छ । योसंगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ ।








