
काठमाडौं । लकडाउनको मौका छोपी एम्बुलेन्स र आखन्नको गाडी लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ रेको छ । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ का २७ वर्षीय शिव शाही, ३१ वर्षीय राम भगत र २४ वर्षीय सरोज कामी रहेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ ।
केही दिन एतादेखि उनिहरु लकडाउनको मौका छोपी आफुलाई प्रहरी बताउँदै विभिन्न स्थानमा लुटपाट गर्दै आएको महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए ।
उनकाअनुसार शनिबार मध्यराति पानीघाटस्थित जंगलमा मकवानपुरतिर जाँदै गरेको एम्बुलेन्स उनीहरुले जबरजस्ती रोकेर लुटपाट गरेका थिए ।
प्रदेश नं.३ -०१-२३ च – ११०९ नम्बरको एम्बुलेन्स रोकेर भित्र सवार व्यक्तिको साथबाट ३३ हजार ९ सय ९५ रुपैयाँ र विभिन्न कम्पनीका ६ वटा मोबाइल लुटेको प्रहरीले बताएको छ ।
यही समूहले गणेशमान मार्गमा पर्ने चित्लाङ सडक खण्डमा पनि तरकारी ढुवानी गर्ने बा ४ ख ९९० नम्बरको इचर तथा ग १ च ७६३३ नम्बरको बोलेरोमा सवार चालकलाई उनीहरुले सादा पोशाकको प्रहरी भएको बताउँदै लुटपाट गरेको डीएसपी श्रेष्ठले बताए ।










