
काठमाडौं । विश्वर फैलिएको कोरोना महामारीका कारण नेपालीहरुले पनि ज्यान गुमाइ रहेका छन् । देशबाहिर बसेका धेरै नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
अहिलेसम्म विश्वर कोरोना महामारीका कारण ९६ नेपालीले ज्यान गुमाई सकेका छन् भने सात हजार ७२ जना संक्रमित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
ज्यान गुमाउने नेपालीमध्ये सबै भन्दा बढी बेलातमा ६३ जना रहेका छन् । त्यस्तै संयुक्त राज्य अमेरिकामा १५ जना, संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जना रहेका छन् ।
संक्रमित नेपालीमा सबै भन्दा धेरै कतारमा २ हजार ५ सय, अमेरिकामा १ हजार ६ सय, युकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएईमा २ सय, कुवेतमा ८४, नेपालमा २९१ जना रहेका छन् ।
यसैगरी साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अष्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छन् ।














