
चितवन । चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उपचारका क्रममा रौतहटको परोहा नगरपालिका ८ नर्कटियाका ६८ वर्षीय एक व्यक्तिको मंगलबार मृत्यु भएको थियो ।
आइसीयुमा राखेर उपचार गरीरहेका उनको मृत्यु भएपछि धेरैले कोरोना आशंका गरेका थिए । अस्पतालले उनको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएको छ । गएको सोमबार राति देखि उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो
अस्पतालका अनुसार उनलाई चार महिना अघिदेखि क्षयरोगको सङ्क्रमण र क्यान्सरको समस्या देखिएको थियो ।









