भारतीय क्वारेन्टाइनमा रहेका ८५८ लाई नेपाल ल्याइयो


कैलाली । भारतको क्वारेन्टाइनमा बसेका नेपालीलाई नेपाल ल्याइएको छ । भारतको क्वारेन्टाइनमा बसेका ८ सय ५८ नेपालीलाई बुधबार राति नेपाल ल्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा नेपाल ल्याइएका ३ सय ४७ जनालाई धनगढीको नवदुर्गा माविको क्वारेन्टाइनमा राखिएको छ भने ५ सय ११ जनालाई सम्बन्धित जिल्लाको स्थानीय निकायको जिम्मामा पठाएको बताइएको छ ।

नेपाल ल्याइएका २५ जिल्लाका नागरिक मध्ये हिजोराति पठाउन बाँकीलाई आज सम्बन्धित जिल्लामा पठाइएको स्थानीय प्रशासनले जनाएको छ । ८ सय ५८ जनालाई ल्याइए पनि अझै धेरै नागरिक भारतीय क्वारेन्टाइनमै रहेका छन् ।

उनीलाई पनि नेपाल ल्याउने तयारी भइरहेको छ । बुधबार नेपाल ल्याइएका उनीहरुको किट नहुँदा परीक्षण नगरेरै नेपाल ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार