करेन्ट लागेर एक जनाको मृत्यु


कैलाली । करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी १० का ३३ वर्षीय जबरसिह चौधरी रहेका छन् ।
उनको गौरीगंगा नगरपालिका १ को सिर्जना इँट्टा उद्योगमा काम गर्ने बेला करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका लागि सेती अस्पताल ल्याउँदै गर्दा शनिबार राति ११ बजे बाटोमै मृत्यु भएको हो ।
करेन्ट लागेर अर्का एक जना घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार