बैतडी । भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका ६ का ३१ वर्षीय पुरुष रहेका छन् ।
उनी शनिबार नै भारतबाट आएर भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका थिए । उनको शनिबार राति नै मृत्यु भएको स्थानीयले बताएका छन् ।
एक्कासी साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै सुदुरपश्चिममा क्वारेन्टाइनमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । बैतडी, बाजुरा र डडेल्धुरमा दुई, दुई गरी ६ र डोटीमा १ गरी ७ पुगेको छ ।










