
काठमाडौँ । सरकारले लकडाउनको एक सय दिनमा आन्तरिक उयडान खुला गर्ने तयारी गरेको छ । आइतबार नागरिक उड्डयन प्राधिकरणमा व्यवसायीबीच भएको छलफलअनुसार असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको हो ।
बैठकमा प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच आन्तरिक उडान खोल्ने बिषयमा छलफल भएको थियो ।
यद्यपी मन्त्रिपरिषदबाट यो निर्णय हुन बाँकी छ।
बैठकमा भएको निर्णयअनुसार पहिलो चरणमा काठमाडौं र हिमाली तथा पहाडी रुटको मात्रै उडान खोल्ने सहमति भएको छ । त्यसपछि साउनबाट देशभरी नै आन्तरिक उडान खुल्ला गरिने सहमती भएको बताइएको छ ।
प्राधिकरण र व्यवसायीहरुबीच उडान खोल्नेबारे आइतबार बैठक डाकिएको थियो । सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ देखि जेठ ३२ गतेसम्म आन्तरिक उडानमा पनि रोक लगाएको छ ।










