कञ्चनपुर । कञ्चनपुरमा विद्युतको पोलबाट खसेर एक जना मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका १० सुकासालका २५ वर्षीय रोहित लुहार रहेका छन् ।
उनको बुधबार सोही पालिकाको खल्लामा विद्युत् विस्तारका क्रममा पोलबाट खसेर मृत्यु भएको हो । तार जडानका लागि खम्बामा चढेका उनी अचानक खसेको बताइएको छ ।
नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत् लाइन विस्तार गर्न लागेको छ ।
लुहारका श्रीमती र एक छोरी छन् । लुहारका आफन्त मदनसिंह सेरालाले घटनाको सत्य तथ्य जाँच गरी लुहार परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।










